ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

कपिलवस्तु सुनचाँदी व्यवसायीको अध्यक्षमा पुनः वर्मा

२७ पुष २०७९, बुधबार
२७ पुष २०७९, बुधबार

कपिलवस्तु, २७ पुस ।

कपिलवस्तु सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः देवी प्रसाद वर्मा चयन भएका छन् । तौलिहवामा सम्पन्न पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनले पुनः अध्यक्षमा वर्माको नेतृत्वमा १९ सदस्यीय कार्य समिति चयन गरेको निर्वाचन संयोजक वीर बहादुर खातीले जानकारी दिए ।

समितिको बरिष्ठ उपाध्यक्षमा नित्यानन्द वर्मा, प्रथम उपाध्यक्ष प्रमोद कुमार वर्मा, द्वितिय उपाध्यक्षमा गंगेश कुमार वर्मा, तृतीय उपाध्यक्षमा दिनेश कुमार वर्मा, सचिवमा विरेन्द्र कुमार वर्मा, सह–सचिवमा रामदेव वर्मा सोनार, कोषाध्यक्षमा रामदेव सोनार र सह– कोषाध्यक्षमा नन्दकुमार गुप्ता निर्विरोध निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा शोभाखर सोनार, सुरज गहतराज, ज्ञानचन्द्र कसौधन, मोहमद इसा मुसलमान, अजित वर्मा, राहुल वर्मा, पुनमदेवि कसौधन, प्रेमचन्द्र वर्मा, गौरीशंकर वर्मा र शिव कुमार वर्मा चयन भएका छन । साधारणसभाको बन्दसत्रमा संघका सचिव गंगेश कुमार वर्माले प्रगती प्रतिवेदन प्रस्तुत गर्दै कोरोनाको समयमा सचेतना र सहयोग कार्यक्रम गरिएको, संघको कार्यक्षेत्र शुद्धोधन, यशोधरा देखि बिजयनगर सम्म बिस्तार गरिएको, चन्द्रौटामा उपशाखा गठन गरेको र सुनचाँदी व्यवसायीको पसलमा डिजिटल बोर्डको व्यवस्था गरेको बताए । त्यसैगरी कोषाध्यक्ष रामदेव सोनारले गत आर्थिक बर्ष २०७८÷७९ को एक लाख ७५ हजार २ सय १५ रुपैयाँ बराबरको आयव्यय सहितको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

यसैबीच, सुनचाँदी व्यवसाय संवेदनशिल व्यवसाय भएकाले व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनु पर्नेमा जोड दिईएको छ । तौलिहवामा भएको कपिलवस्तु सुनचाँदी व्यवसायी संघको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनका सहभागीले सो विचार व्यक्त गरेका हुन । सो अवसरमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका बिज्ञ परामर्श समितीका संयोजक प्रेम कुमार सेन्चुरीले सुनचाँदी व्यवसायी राज्यको हरेक निकायको कर प्रणालीमा सरिक भै राज्यलाई कर तिर्दै आएको बताए । बैधानिक कार्य गर्ने हरेक सुनचाँदी व्यवसायीको दायित्व भएको स्पष्ट पार्दै बिगतमा माग अनुसारको सुन आपुर्ति नहुँदा व्यवसायी समस्यामा परेको उनले गुनासो गरे ।

सुनचाँदी व्यवसाय संवेदनशील व्यवसाय भएकाले व्यवसायी सजग रहनु पर्ने भारतका लागि पुर्व नेपाली राजदुत दिप कुमार उपाध्यायको सुझाव थियो । देशका अधिकांश युवा वैदेशिक रोजगारीमा जाने क्रम बढे पनि सुनचाँदी व्यवसायमा परम्परागत रुपमा धान्न युवापुस्ता लाग्नु सकारात्मक भएको उनको भनाई थियो । कारोबारका क्रममा खरिद गर्दा आधिकारिकता पहिचान गर्न र बिक्रीको सूचना सरकारलाई दिन सके व्यवसायीका समस्या कम हुने उनको सुझाव थियो । मिटर ब्याज र अनुचित ब्याज असुल गर्ने कार्यमा भने व्यवसायी सचेत र सजग हुनु पर्ने उनको सुझाव थियो ।

व्यवस्थित र मर्यादित रुपमा राज्यका नीति निर्देशन अनुसार स्थापित भएका सुचचाँदी व्यवसायीले सामाजिक उत्तरदायित्व बहन गरी सामाजिक कार्य गर्नु सह्रानीय पक्ष भएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । व्यवसायी संगठित भएपछि व्यवसाय व्यवस्थित हुनुका साथै व्यावसायिक समस्या घटेको महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल बिश्वकर्माले बताए ।

राज्यले हेर्ने दृष्टिकोण अझै पनि फरक हुनु र आवश्यकता अनुसारको सुनको प्रबन्ध नहुनुले समय समयमा समस्या पर्ने गरेको उनको गुनासो थियो । व्यवसायीले व्यवस्थित रुपमा व्यवसाय गरी राज्यलाई तिर्नु पर्ने करमा ईमान्दारी गरे धेरै समस्या घट्ने नगर चेम्बर अफ कमर्सका अध्यक्ष गोपीकृष्ण शर्माले बताए । राज्यले सुनचाँदी व्यवसायीका लागि व्यवसायमैत्री नीति ल्याउनु पर्नेमा शर्माले जोड दिए । कोभिड संक्रमण, सुस्ता डुबानमा सहयोग र बजार क्षेत्रमा सुरक्षाका लागि सिसि क्यामरा जडान गरेर बिगतमा सुनचाँदी व्यवसायीले सामाजिक उत्तरदायित्व पुरा गरेको उनको भनाई थियो ।

उच्च पदस्थ अधिकारीको १० लाख बढीको सुनचाँदीको कारोबार बारेको जानकारी राष्ट्र बैङ्कको बित्तिय जानकारी ईकाईलाई दिन आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख उद्धवराज न्यौपानेले व्यवसायी सँग आग्रह गरे । व्यवसायीलाई राज्यको नीति अनुसार करको दायरामा आएर व्यवस्थित रुपमा व्यवसाय सञ्चालन गर्न उनको सुझाव थियो । सुनचाँदी व्यवसायीले राज्यका नीति नियमलाई कार्यान्वयन गर्दै आएको स्पष्ट पार्दै व्यावसायिक सुरक्षाका लागि सजग हुन संघका जिल्ला अध्यक्ष देवी प्रसाद वर्माले आग्रह गरे । कार्यक्रममा प्रदेशसभा सदस्य सुधाकर पाण्डेय, महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष विक्रम सुनार, सचिव डिल बहादु खाती, प्रदेश सदस्य नित्यानन्द वर्मा, बाणगंगाका संघका सचिव ध्रुव रसाईली लगायतको सहभागिता थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष रामदेव वर्मा र सल्लाहकार प्रेमचन्द्र वर्मालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?