Butwal Today

अर्घाखाँचीमा सल्लाको जङ्गलमा पोखरी निर्माण

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँची जिल्लामा बन डढेलोको जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि सल्लाको वन क्षेत्रमा  पानीका पोखरी निर्माण गरिएको छ ।

डिभिजन वन कार्यालय अर्घाखाँची र स्थानीय सामुदायिक वन उपभोक्ता समूहहरूको सहकार्यमा सन्धिखर्क नगरपालिकाका विभिन्न स्थानमा ३ वटा, भूमिकास्थान नगरपालिकामा ४ वटा र पाणिनी गाउँपालिकामा २ वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले जानकारी दिए ।

शितगंगा नगरपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकामा पनि स्थानीय सामुदायिक वन समूहहरूले थप पोखरी निर्माण गर्ने प्रक्रिया अघि बढाइसकेका छन् ।

डिभिजन वन कार्यालयको प्राविधिक सहयोग र समुदायको सक्रिय सहभागितामा आगामी दिनमा अझै थप स्थानहरूमा यस्ता संरचनाहरू निर्माण गर्ने योजना रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय अर्घाखाँचीले बन डढेलो नियन्त्रणका लागि संरचनात्मक उपायसँगै जनचेतनामूलक कार्यक्रमहरूलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।

वन क्षेत्रमा आगो नलगाउन, सिगरेट वा आगोका सामग्री जथाभाबी नफाल्न, तथा डढेलो देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी दिन सर्वसाधारणलाई आग्रह गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?