© 2026
बुटवल ।
बुटवल उद्योग बाणिज्य संघको ७३ औं साधारणसभा तथा २६ औं अधिवेशनका अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रमका बीच आर्थिक पत्रकारिता पुरस्कार स्व. डायलसन अधिकारीलाई मरणोपरान्त प्रदान गरिएको छ ।
स्व. पत्रकार अधिकारीकी पत्नी चन्दा भुसाल शुक्रबार संघको साधारण सभा तथा अधिवेशनको अवसरमा सो पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तैगरी अन्य विधाबाट पत्रकारहरु रेखा भुसाल, विनोद परियार, तेजेन्द्र केसी, सुदिप भण्डारी, प्रकाश आचार्य र सन्तकुमार श्रेष्ठलगायत ७ जना पत्रकारहरु पुरस्कृत तथा सम्मानित हुनुभएको हो ।
संस्थापक अध्यक्ष श्रेष्ठको शालिक स्थापना
यसैबीच बुटवल उद्योग वाणिज्य संघले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पद्मचन्द्र श्रेष्ठको शालिक स्थापना गरेको छ ।
संघको साधारण सभा तथा अधिवेशनको अवसरमा संघ सचिवालयमा उक्त शालिक अनाबरण गरिएको छ ।
उद्योग, व्यापार र व्यवसायको विकाससँगै व्यवसायीहरूको हकहित संरक्षण, व्यावसायिक वातावरण निर्माण तथा आर्थिक गतिविधि विस्तारमा संघले निरन्तर भूमिका निर्वाह गर्दै आएको छ ।

संस्थापक अध्यक्षको शालिक स्थापनाले संघको विगतलाई वर्तमानसँग जोड्नुका साथै संस्थाको विकासका लागि अग्रजहरूले गरेका प्रयासको स्मरण र सम्मान गरिएको संघको भनाई छ ।
संघको साधारण सभा तथा अधिवेशन अहिले चलिरहेको छ । संघले यसपटक नयाँ नेतृत्व समेत चयन गर्दैछ ।