Butwal Today

नेकपा संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत निर्वाचित

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको संसदीय दलको नेता चयन भएका छन् ।

आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको नेता युवराज दुलालले जानकारी दिए ।

त्यस्तै, दलको उपनेता भने पछि चयन गर्ने सहमति भएको पार्टीले जनाएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाका १७ जना सांसद निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?