Butwal Today

कुहिएका अवस्थामा थिङको शव भेटियो

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

बाग्मती ।  विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१ वर्षीय कामीसिंह थिङ मृतावस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार थिङको शव जिल्लाको मनहरी–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठुलो खोल्सी क्षेत्रमा शनिबार साँझ फेला परेको हो ।

लामो समयदेखि मानसिक समस्या भोग्दै आएका थिङ गत गत फागुन २९ गते घरबाट बेपत्ता भएको जनाउँदै परिवारजनले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए । थिङको खोजतलास गर्ने क्रममा कुहिएको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

सो घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?