Butwal Today

केपी ओली शिक्षण अस्पतालमा भर्ना

१४ चैत्र २०८२, शनिबार
अ+
अ-

काठमान्डौँ ।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीलाई चिकित्सकको सल्लाहअनुसार ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

अस्पताल स्रोतका अनुसार ओली मिर्गौला प्रत्यारोपण गरिसकेका बिरामी भएकाले थप सावधानी अपनाउँदै आवश्यक रगत परीक्षण, भिडियो एक्स–रेलगायतका जाँचपछि भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?