© 2026
काठमान्डौँ ।
संविधानविद् डा. विपिन अधिकारीले वर्तमान राजनीतिक घटनाक्रमप्रति सरकारलाई संयमता अपनाउँदै सोचविचार गरेर अघि बढ्न आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अधिकारीले हतारमा निर्णय नगर्न चेतावनी दिएका हुन् ।
‘सावधानीको नोट’ शीर्षकमा उनले लेखेका छन्, “एकछिन विचार पुर्याउनुहोस् । हतारमा गरिएका प्रतिक्रियाभन्दा सोचविचार गरेर गरिएका निर्णयहरूले दीर्घकालीन रूपमा बलियो परिणाम दिन्छन् ।”
उनले वर्तमान परिस्थितिमा स्पष्टता र विवेकपूर्ण निर्णयको आवश्यकता औंल्याउँदै आजको सावधानीपूर्ण कदमले भोलिको आत्मविश्वास निर्माण गर्ने उल्लेख गरेका छन् ।
यसै क्रममा अधिकारीले कार्की प्रतिवेदन लाई छिटो समाधान दिने द्रूत मार्ग नभएको स्पष्ट पार्दै यसले गहिरो अध्ययन, स्पष्टता र विचारशील कार्यको माग गर्ने बताएका छन् ।
“कार्की प्रतिवेदन द्रूत मार्ग होइन । यसले स्पष्टता, अध्ययन र विचारशील कार्यको लागि आह्वान गर्दछ—हतार होइन,” उनले लेखेका छन् ।