Butwal Today

सुरक्षा प्रमुख छलफलमा कानुन सचिव सहभागि, उपत्यकामा सुरक्षा तयारी तीव्र

१४ चैत्र २०८२, शनिबार
अ+
अ-

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको नवगठित मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि काठमाडौं उपत्यकामा सुरक्षा सतर्कता उच्चस्तरमा पुगेको छ।

यसैबीच, सुधन गुरुङ र सुरक्षा निकायका प्रमुखबीच भइरहेको आकस्मिक छलफलमा पाराश्वर ढुंगाना पनि सहभागी भएका छन्। सुरक्षा स्रोतका अनुसार, कानुनी प्रक्रियासम्बन्धी प्रसंग उठेपछि उनलाई छलफलमा बोलाइएको हो।

प्रहरी प्रधान कार्यालय, नक्सालस्थित आईजीपी निवासमा नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरी अपरेसन प्रमुख गणेश ठाडा मगर पनि छलफलमा सहभागी छन्।

कार्की आयोगको प्रतिवेदन अनुसार भदौ २३ र २४ घटनासँग सम्बन्धित पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही सिफारिस गरिएको छ। दफा १८१ र १८२ बमोजिम उनीहरूलाई जेल वा जरिवाना गर्न सकिने व्यवस्था छ।
स्रोतका अनुसार, सुरक्षा निकायहरूले भोलि बिहान ७ बजेदेखि आफ्ना अधिकृतहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?