काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन् ।
सांसदहरू आ–आफ्नै परम्परागत भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।