© 2026
एक बयस्क जोडीले आफ्नो जीवनमा बच्चा पेटमा राख्ने योजना बनाएदेखि बा आमाको पेटमा बच्चा बसेदेखि बच्चा जन्मने समय अवधिसम्मको सम्पूर्ण हेरचाह वा स्याहार सुसार जसले आमा र पेटमा रहेको बच्चाको स्वास्थ्यमा प्रत्यक्ष रूपमा सहयोग पुराउँदछ भने त्यस्तो किसिमको स्याहारलाई पूर्व प्रसूति स्याहार भनिन्छ ।
पूर्व प्रसूति स्याहारलाई अत्यन्तै महत्त्वपूर्ण विषयको रूपमा लिइएको छ । जब कुनै पनि दम्पतीले आफ्नो वंशजलाई निरन्तरता दिनको लागी होस वा आफ्नो चाहाना र रहरलाई पूरा गर्ने उद्देश्यका साथ आफूबाट सन्तान जन्माउने सोच बनाउँछन् ।
त्यसपछि उनीहरू दुवै जोडीको सल्लाहले बच्चा आमाको पेटमा बस्नुभन्दा तिन महिना अगाडिदेखि नै स्वास्थ्यकर्मीको सल्लाह बमोजिम आफ्नो स्वास्थ्यको परीक्षण गराई फोलिकएसिड भन्ने औषधी दिनको एक गोलीको दरले बच्चा पेटमा बसेको १२ हप्ता अर्थात तिन महिनासम्म निरaन्तर रूपमा खानुपर्दछ ।
त्यसपछि उनलाई निरन्तर उनको खानपानमा बिशेष ध्यान दिदै गर्भ रहेको ९१ औं दिनबाट एक गोली जुकाको औषधि खान दिने र निरन्तर रूपमा क्याल्सियम र आईरन एक.एक गोलीको दरले बच्चा जन्मेको ४५ दिन सम्म खान दिने ।
त्यसको साथै पहिलो गर्भबती महिला भएमा एक महिनाको फरकमा दुई डोज टिडी खोप र दोस्रो गर्भवती भएमा हरेक गर्भमा थप एक डोजको मात्राका आधारले टिडी खोप दिनुपर्दछ । त्यसको साथसाथै नियमित रूपमा आठपटक गर्भको जाँच निम्नअनुसार अनिवार्य गराउनुपर्दछ ।
१: पहिलो जाँच गर्भ रहेको १२ हप्तामा
२: दोस्रो जाँच गर्भ रहेको १६ हप्तामा
३: तेस्रो जाँच गर्भ रहेको २० देखि २४ हप्तामा
४: चौथो जाँच गर्भ रहेको २८ हप्तामा
५: पाँचौ जाँच गर्भ रहेको ३२ हप्तामा
६:छैठौं जाँच गर्भ रहेको ३४ हप्तामा
७: सातौं जाँच गर्भ रहेको ३६ हप्तामा
८: आठौं जाँच गर्भ रहेको ३८ देखि ४० हप्तामा
यस प्रकारको नियमित गर्भ जाँचले आमा र बच्चालाई प्रत्यक्ष रूपमा फाईदा पुराउँदछ भने परिबारका सम्पूर्ण सदस्यहरूलाई समेत पारिबारीक, मानसिक, सामाजिक र आर्थिक पक्षमा फाईदा पुराएको हुन्छ ।
यसले बच्चालाई उसको महिनाको अनुपातमा हुनुपर्ने बृद्धि बिकास, शारिरिक तौलको साथै भिडियो एक्सरेको सहायताले त उसको शारीरिक अंग प्रत्यङ्गहरूको समेत अबस्था थाहा पाउन सकिन्छ भने आमाको शारीरिक, मानसिक, पारिबारिक र सामाजिक अबस्थाको साथसाथै महिनाको अनुपातको गर्भको बृद्धि बिकास, शारिरिक तौलको बृद्धि र गर्भको सम्पूर्ण अबस्थाको बारेमा जानाकारी पाई थप केहि सुधार र सचेत रहनपर्ने कुराहरूमा समेत महत्त्वपूर्ण जानकारी लिन सकिन्छ ।
साथै गर्भबती आमा र गर्भको बच्चा परिवारकै सदस्य भएको नाताले उनीहरू दुबैको स्वास्थ्यलाई जोगाएर राख्न सकेमा गर्भको कारण बाट परिबारमा कुनै किसिमको नकारात्मक समस्या देखा नपरेमा परिवारका सम्पूर्ण सदस्यहरूमा समेत पारिबारिक, मानसिक, सामाजिक र आर्थीक समस्या समेत देखा नपर्ने हुदाँ पूर्व प्रसुती स्याहारलाई अत्यन्तै महत्वको साथमा हेरिएको पाईन्छ ।
गर्भबती आमालाई हुने फाईदाः
नियमित रूपमा आठपटक गर्भ जाँच गराएमा गर्भबती आमालाई स्वास्थ्यको साथमा अन्य फाईदा पनि नेपाल सरकारले व्यवस्थामा ल्याएको छ ।
गर्भबतीले प्रोटोकल अनुसार वा अनिबार्य आठपटक गर्भजाँच गराएमा ८०० रूपैंया र सुरक्षित रूपमा बच्चा जन्माउन अस्पताल गएमा गाडी भाडा स्वरूप तराईको जिल्लामा १००० रूपैंया, पहाडी जिल्लामा २००० रूपैंया र हिमाली जिल्लामा ३००० रूपैंयाका दरले थपगरी अस्पतालमा नै गएर बच्चा जन्माउने आमाहरूलाई दिने र बच्चालाई न्यानो झोला समेत दिने कार्यक्रम समेत रहेको छ ।
यस कार्यले गर्भबती आमाहरूमा अनिबार्य आठपटक गर्भ जाँच गराउने र अस्पतालमै बच्चा जन्माउने कार्यमा थप उत्साह र प्रोत्साहन गर्ने गरेको पाईन्छ । त्यसैले आमा र बच्चाको स्वास्थ्यलाई थप सुरक्षित र जोखिममुक्त गराउनको लागिपनि आठपटक वा प्रोटोकल अनुसार गर्भ जाँच अनिवार्य गराउनुपर्दछ ।
अनिवार्य रूपमा खानुपर्ने औषधिको सेबन र अस्पतालमै बच्चा जन्माउने कार्यको साथै पूर्व प्रसुती स्यहारमा गर्भवती आमालाई खुवाउनुपर्ने ताजा र पोसिलो खानपानको साथै स्वास्थ्यका बिभिन्न कार्यक्रमहरूमा र बिभिन्न सूचनाहरूमा देखिएको हरेक बार खाना चार भन्ने भनाईलाई ब्यवहारमा प्रयोग गर्नुको साथमा आराम र ब्यायामको समेत महत्त्वपूर्ण भूमिका रहेको पाईन्छ ।
अन्त्यमा समग्र रूपमा भन्ने हो भने सरकारले जतिपनि लगानी गरेको छ, त्यसकै आधारमा सेबाग्राहीबाट सेबा पाएको आधार भने स्वास्थ्यको डाटाबेसको आधारमा अझैपनि कमी पाइएको छ ।
यसमा जिम्मेवारी कसले लिने त ? भन्ने सन्र्दभमा अहिलेको नयाँ संरचना अनुसार बर्गीकरण गरिएको राज्यका तिनबटै तहका निकाय त्यहाँरहेका सम्पूर्ण जनप्रतिनिधिहरू प्रशासन र स्वास्थ्यका क्षेत्रमा काम गर्न खटिएका सम्पूर्ण सरोकारवालाहरूको नङ्ग र मासुको सम्बन्धका साथ हातेमालो गरेर आ– आफ्नो ठाउँबाट देशैभरीको जनमानसलाई स्वास्थ्यको बारेमा जनचेतनामूलक सन्देश फैलाउन सकेमा यसको आवश्यकताको बारेमा बुझाउन सकेमा र स्वयं ब्यक्ति आफै मेरो स्वास्थ्यको ख्याल म आफै गर्नुपर्दछ भने मात्र यो कार्यले पूर्णता पाउँदछ । र, स्वास्थ्यका सुचकहरू लक्ष्यका आधारमा पूरा हुन्छन् ।
त्यस कारणले गर्दा मानव जीवनको सुरुवातीको चरणको पहिलो बिन्दु भनेकै पूर्व प्रसुतीको समयबाट हुने हुँदा यस समयमा एउटा मानवको स्याहार गर्दा दुईवटा आत्मा र शरीरको बृद्धी बिकास र स्वस्थताको समेत स्याहार पुग्ने हँुदा यो पूर्व प्रसुती स्यहारको निकै महत्व रहेको पाईन्छ ।