Butwal Today

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

९ चैत्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक ‘रेक्टर स्केल’ को भूकम्प गएको हो ।

यसअघि गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा साना ठूला भूकम्प जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?