Butwal Today

गुल्मीमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

४ चैत्र २०८२, बुधबार
अ+
अ-

गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मदाने गाउँपालिका–१ स्थित अग्लुङ् फेदीका ३५ वर्षीय सालिकाम चन्द रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खोलाबाट बालुवा बोकेर स्थानीयको घरमा झार्न जाने क्रममा रा १ त ३८६३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते बनेका चन्दको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा गए राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी  गङ्गा बहादुर सारूले जानकारी दिएका छन् ।

सोही ट्याक्टरका चालक भगवत् बोहराले ट्याक्टर अघि बढाउने क्रममा ट्रालीको दाहिनेपट्टिको चक्काले ठक्कर दिँदा चन्दको टाउकोमा गम्भीर चोट लागेको थियो ।

घटना लगत्तै स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी बाँझकटेरी र इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरी टोलीले घाइते चन्दलाई उपचारका लागि मंगलबार बेलुकी गुल्मी अस्पताल तम्घास ल्याई पु¥याएको थियो ।
घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?