Butwal Today

न्यायालय मन्दिर हो: प्रधानन्यायाधीश सिंह

३ चैत्र २०८२, मंगलवार
अ+
अ-

दाङ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतले  दाङको घोराहीमा रहेको जिल्ला अदालतको अनुगमन गरेका छन्  ।

अनुगमनका क्रममा उनले दाङ जिल्ला अदालतमा भदौ २४ गते भएको जेन्जी आन्दोलनमा तोडफोडका क्रममा अदालत बचाउने प्रहरी हवलदार सङ्गीता अधिकारीलाई सम्मान गरेका छन् ।

उनले सम्मान कार्यक्रममा जनताको अदालतलाई बचाउने काम गरेकोमा प्रहरीको प्रशंसा पनि गरे । प्रहरीले कर्तव्य मात्रै होइन निष्ठा पूर्वक काम गरेमा राम्रो हुने बताए ।

एउटा नागरिकले प्रयत्न  गरेमा  साझा सम्पत्ति जोगाउन सकिन्छ भन्ने उदाहरण बनेको बताए । उनले भने ,अदालत न्यायको मन्दिर त हुँदै हो तर यसलाई बचाउन सबैले काम गर्नुपर्छ, दाङको अदालतमा क्षति पुगेको सुनेपछि दाङ आउन मन लागेको थियो आज दाङको तुलसीपुरमा रहेको उच्च अदालत पनि अनुगमन गरे धेरै नै क्षति भएको रहिछ,  उनले भने ।

म आन्दोलनका क्रममा क्षति भएका नेपालका  १९ वटा अदालतमा पुगेको छु। न्याय सम्पादनलाई निष्पक्ष न्याय दिनुपर्छ उनले भने । विषम परिस्थितिमा समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने उनले बताए ।

दाङ जिल्ला अदालतका मुख्य न्यायाधीश प्रकाशप्रसाद  पण्डितले  प्रहरीको सक्रियतामा जिल्ला अदालतमा कम क्षति भएको बताए । उनले महिलाहरूले नालापानीमा लडेर जितेका थिए त्यसै गरी जिल्ला अदालत जोगाउन महिला प्रहरीले प्रशंसनीय काम गरेकोमा प्रशंसा गरे । आगामी दिनमा  नेपाल सरकारले तोकेको दायित्वलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?