© 2026
काठमाडौँ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनबहादुर र उहाँका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो । अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका निजका छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबिच, बुढानीलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको क्यासिनोमा जुवा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ का ४८ वर्षीय दिलीप लामासमेत १३ जनालाई पक्राउ गरिएको छ ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले गए राति उनीहरूलाई नगद रु एक लाख ९० हजारसहित पक्राउ गरेको हो ।