Butwal Today

सवारी दुर्घटनामा एक जनाको मृत्यु

३ चैत्र २०८२, मंगलवार
अ+
अ-

सुनसरी ।

यहाँको बर्जु गाउँपालिका–२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१४ का ३२ वर्षीय जयकृष्ण यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प ५६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय सीतागञ्जमा राखिएको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीव्र गतिका कारण चालकले सडकमा ध्यान नदिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?