Butwal Today

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

२ चैत्र २०८२, सोमबार
अ+
अ-

काँक्रेविहार (सुर्खेत) । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बराह ताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेसम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गङ्गटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार आइतबार बेलुका ५ बजेतिर प्रहरीलाई सिकार खेल्न गएकाहरू बेपत्ता भएको खबर प्राप्त भएको थियो ।

अहिले प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमान्डमा चार जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ भने जिल्ला प्रहरी कार्यालय बर्दियालाई जानकारी गराइएको सुर्खेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?