Butwal Today

काङ्ग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२, आइतबार
अ+
अ-

पाटन (ललितपुर) ।  नेपाली काँग्रेसले समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगको बन्द सूचीमा समावेश भएका नाममध्येबाट आदिवासी जनजाति र खस आर्यतर्फ छ/छ, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक÷एक गरी पाँच जनाको नाम टुङ्ग्याएको र अन्य तीन जनाको नामसमेत ‘क्लस्टर’ आयोगमा पठाउने निर्णय भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

“हाम्रो पार्टीले प्राप्त गरेको २० सिटका आधारमा नाम टुङ्ग्याएका छौँ, राष्ट्रियसभा र प्रतिनिधिसभामा गरी हाम्रो सिट ६२ रहेको छ, जसअनुसार २१ जना महिला अनिवार्य छ । यस आधारमा हाल १५ जना महिलासहित नामावली पठाएका छौँ । क्लस्टरमा तलमाथि परेमा आयोगले भनेअनुसार गर्नेछौँ,” उनले भने ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा भएको बैठकमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेसहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?