© 2026
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही १ मा उम्मेदवार रहेका सुनिल लम्सालले फागुन २१ गते भएको निर्वाचनमा १० लाख ६० हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्।
लम्सालले बुझाएको खर्च विवरणमा मनोनयन दर्ता शुल्क १० हजार, प्रचारप्रसार सामग्रीमा १ लाख ६५ हजार, प्रचार सामग्री वाचापत्र स्टिकर पम्प्लेट र नमूना मतपत्रमा २ लाख ४७ हजार मतदाता शिक्षामा ६४ हजार २ सय ८७ सवारी साधन भाडा २ लाख ४ हजार घरदैलोका क्रममा खाना खाजा नास्तामा २ लाख ५९ हजार २५३ रुपैयाँ उल्लेख छ।
यस्तै कार्यालय फर्निचर प्लाष्टिक कुर्सीमा ५० हजार ३ सय ८२ रुपैयाँ, कार्यालय भाडा ३० हजार मसलन्द खर्च ९ हजार ३५८ र मौज्दात २० हजार रहेको भन्दै निर्वाचन कार्यालयमा बुझाएको विवरणमा उल्लेख छ।