© 2026
बुटवल ।
घर निर्माण गर्ने क्रममा धेरैजसो घरधनीहरू “इन्टेरियर कसरी गर्ने, वास्तु कसरी मिलाउने र घरलाई कसरी व्यवस्थित तथा आकर्षक बनाउने” भन्ने विषयमा अन्योलमा पर्ने गर्छन् । यही अन्योललाई समाधान गर्दै घर निर्माणको सुरुवाती चरणमै सही योजना बनाउन सहयोग गर्ने उद्देश्यले बुटवल स्मार्ट इन्टेरियरले ग्रहाकहरुका लागि सेवा प्रदान गर्दै आएको छ ।
इन्टेरियरको योजना तयार गर्दा घरको प्रत्येक स्थानलाई व्यवस्थित,उपयोगी र आकर्षक बनाउने सकिन्छ । बुटवल स्मार्ट इन्टेरियरले घरभित्रका विभिन्न भागहरू किचन, क्याबिनेट, काउन्टर, डिस्प्ले एरिया तथा अन्य स्पेसहरूलाई आधुनिक र आकर्षक शैलीमा डिजाइन गर्ने सेवा प्रदान गर्दै आएको जनाएको छ ।
साथै संस्थाले घर निर्माण गर्दा वास्तुशास्त्रलाई कसरी मिलाउने, कोठा, किचन, प्रवेशद्वार तथा अन्य संरचनाहरूलाई सकारात्मक ऊर्जा र सन्तुलन कायम हुने गरी कसरी व्यवस्थापन गर्ने विषयमा निःशुल्क वास्तु सम्बन्धी जानकारी समेत उपलब्ध गराउँदै आएको संस्थाका संचालक सुदिन श्रेण्ठले जानकारी दिए ।
यससँगै घरधनीहरूलाई आफ्नो घरको इन्टेरियर कस्तो देखिनेछ भन्ने स्पष्ट योजना बनाउन सहयोग गर्ने उद्देश्यले घरभित्रको इन्टेरियरका लागि निःशुल्क डिजाइन सेवा प्रदान गरिँदै आएको बुटवल स्मार्ट इन्टेरियरले जनाएको छ । (advt)