© 2026
बागलुङ ।
बागलुङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सोम शर्माले सुरूवाती अग्रता लिएका छन् ।
उनले ८४१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका टेकराज पौडेलले ५३८, एमालेकी मञ्जु चालिसेले ११९ र नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले २५० मत प्राप्त गरेका छन् । कुल ९५ हजार ३५३ मतदाता रहेको यस क्षेत्रमा ४७ हजार ५४७ मत खसेको थियो ।
क्षेत्र नं १ मा भने सर्वदलीय बैठक सकिएपछि मतगणना गरिने मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन ।