Butwal Today

गुल्मीको २ वटै क्षेत्रमा मतगणना सुरु

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

गुल्मी ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर १ र २ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको सहमतिपछि ११ बजेदेखि मतगणना सुरु गरिएको हो ।

क्षेत्र नं।१ मा कालीगण्डकी गाउँपालिका र चन्द्रकोट गाउँपालिकाबाट खसेका मतपत्रको गणना सुरु गरिएको छ भने २ मा मुसिकोट नगरपालिकाबाट मत गणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

१ को मतगणना जिल्ला समन्वय समितिको हलमा भइरहेको छ भने २ को रेसुङ्गा बहुमखी क्यामपसमा गणना सुरु भएको छ मत मगणना नेपाल प्रहरी र सशस्त्र प्रहरिको सुरक्षा व्यवस्थासहित मतगणना भइरहेको छ ।

गुल्मीमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् भने जिल्लाभर २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा कुल मतदाता १ लाख २२ हजार १८६ रहेकोमा ६४,७८७ मत खसेको छ । त्यस्तै, गुल्मी क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३ सय ६३ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?