Butwal Today

रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अग्रता 

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

भैरहवा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा रुपन्देही क्षेत्र नम्बर ३ मा राती १ बजे देखि मतगणना सुरु भएको छ । मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। लेखजङ्ग थापाले प्रारम्भिक अग्रता लिएका छन् ।

रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा विहान ६ बजेसम्मको प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। लेखजङ्ग थापाले १७९० मत प्राप्त गरी अग्रता लिएका छन् ।

सहायक निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलका अनुसार नेपाली काँग्रेसका उम्मेदवार सुशील गुरुङले २५० मत प्राप्त गरी थापालाई पछ्याउँदै छन् । त्यस्तै  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौरव बोहरा २४८ मत प्राप्त गरी तेस्रो र नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरे १९२ मत सहित तेस्रो स्थानमा छन् ।

अहिले सम्म तिलोत्तमा नगरपालिका वडा नम्बर १३ र ओमसतिया गाउँपालिका वडा नम्बर २ को मतगणना भइरहेको छ ।
सो निर्वाचन क्षेत्रमा कुल १ लाख ४० हजार ३५ मतदाता भएकामा ९७ हजार ३ सय ८७ मत खसेको थियो ।

उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा ३६ जना प्रत्याशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?