Butwal Today

मतदान स्थलमा खटिए पाल्पाका मतदान अधिकृत

१८ फाल्गुन २०८२, सोमबार
अ+
अ-

पाल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी पाल्पाका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरु मतपत्र सहितका सरसमान बोकी मतदान स्थलमा खटिएका छन ।

निर्वाचन अधिकृतको कार्यालयबाट मतदानको लागी चाहिने मतपत्र सहित ६० प्रकारको आवश्यक सामाग्री बुझी, रुजु गरी मतदान अधिकृत सहित कर्मचारी, सुरक्षाकर्मीहरु आ आफ्‌नो मतदान केन्द्रमा खटिएका छन ।

पाल्पाका ११८ मतदान स्थलका २५३ केन्द्रमा मतपत्र सहित आवश्यक सरसमान लिएर पुगेका छन । पाल्पाका अति दुर्गम क्षेत्रका मतदान अधिकृतहरु विहानै मतपत्र सहितका सामग्री बुझेर मतदान स्थलमा पुगी सकेका छन ।

मतदान स्थलमा पुगी सकेपछी मतदान केन्द्र बैठक गर्ने, मतदान स्थलका अन्य केन्द्रहरु संग पनि सामुहिक बैठक बस्ने, मतदान स्थलमा विभिन्न प्रकारका सूचनाहरु टास गर्ने, सर्बदलिय बैठकको लागी स्थानीय स्तरमा रहेका राजनितिक दलहरुलाई पत्राचार गर्ने काम गर्ने छन ।

पाल्पाका ११८ वटै मतदान स्थलका २५३ वटा मतदान केन्द्रमा फागुन १८ गते नै सुरक्षाकर्मीको साथमा मतदान अधिकृत सहित कर्मचारी पुगी फागुन २१ को निर्वाचनको आवश्यक तयारीमा जुटेको पाल्पाका मुख्य निर्वाचन अधिकृत हरि प्रसाद शर्मा उपाध्याय पंगेनीले बताए ।

पाल्पाको क्षेत्र नम्बर १ मा ५२ मतदान स्थलमा १ सय १७ केन्द्र रहेका छन् भने क्षेत्र नम्बर २ मा ६६ वटा मतदान स्थलमा १ सय ३४ केन्द्र रहेका छन । दुवै क्षेत्रमा गरी कुल २ लाख ७ हजार ४ सय ३६ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?