ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

बिचौलिया र घुमन्ते व्यापारलाई नियन्त्रण गर्न चेम्बरका अध्यक्षको माग

२३ पुष २०७९, शनिबार
२३ पुष २०७९, शनिबार

बुटवल, २३ पुस ।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले भारतको खुला सीमा, खुल्ला भन्सार नीति भएको कारण धेरै उद्योगी व्यवसायीहरु समस्यामा परेकोले बिचौलिया र घुमन्ते ब्यापारीलाई तत्काल नियन्त्रण गरी कारबाही गर्न माग गरेका छन् ।

तिलोत्तमा चेम्बर अफ कमर्सको नवौं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष मल्लले स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउँदै बिचौलिया र घुमन्ते व्यापारीलाई नियनत्रण गर्न माग गरेका हुन् ।

उनले उद्योगी व्यवसायीहरुको समस्या समाधानको लागि आफ्नो तर्फबाट एवं नेपाल चेम्बरबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । बैंक ब्याज, मौद्रिक नीति, कर्जा लगायतका समस्याका विषयमा वर्तमान सरकार एवं अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नरसंग भेटघाट गरी तत्काल समस्या समाधानका लागि सुझाव सहित ज्ञापन पत्र बुझाएको जानकारी पनि केन्द्रीय अध्यक्ष मल्ले गराए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जगेश्वर देवी चौधरीले हालको अर्थतन्त्र, बैंक ब्याज उद्योगी व्यवसायीका समस्या समाधानका लागि स्थानीय सरकारको तर्फबाट सम्बन्धित निकायमा पहल गर्ने बताइन् । साथै शिलान्यासपछि विवादका कारण रोकिएको चेम्बरको सचिवालय भवन निर्माण कार्य अगाडि बढाउनका लागि आफ्नो एवं नगरपालिकाको तर्फबाट सहयोग र सहकार्य गर्ने जानकारी गराइन् ।

संस्थाका अध्यक्ष बाबुलाल भुसालले चेम्बरले आर्थिक वर्ष २०७८÷०७९ देखि हाल सम्म गरेका कार्यहरू एवं आगामी आर्थिक वर्ष २०७९÷०८० को कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । साथै व्यावसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडि बढाउँदै लैजाने जानकारी गराए ।

कार्यक्रममा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव तथा तिलोत्तमा चेम्बरका संस्थापक अध्यक्ष एवं संरक्षक झविन्द्र प्रसाद कंडेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु , तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम बहादुर घर्ती, देवदह ब्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ्ग, नेकपा एमाले तिलोत्तमा नगर सचिव मिन प्रसाद पोख्रेल, तिलोत्तमा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र कार्की, चेम्बरका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव बिष्णु बहादुर बराल, सचिव मानबहादुर बर्मा लगायतले मन्तव्य व्यक्त गरेको कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?