Butwal Today

धादिङ बस दुर्घटनाः युएईद्वारा दुःख व्यक्त

१२ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

संयुक्त अरब इमिरेट्स ( युएई) ले धादिङमा सोमबार भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको यहाँस्थित युएईको राजदूतावासले जनाएको छ । युएईको परराष्ट्र मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति प्रकट गरेको हो ।

संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा, पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै, नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ । साथै, घाइते सबैको शीघ्र भएका स्वास्थ्यलाभको कामना गरिएको छ ।

उक्त दुर्घटनामा १९ जनाले ज्यान गुमाएका छन्भने अन्य २५ जना घाइते भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?