Butwal Today

भैरहवामा शंकास्पद वस्तु फेला, नेपाली सेनाले गर्‍यो डिस्पोज

५ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

भैरहवा । भैरहवा लुम्बिनी रोडमा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । मंगलबार बिहानै लुम्बिनीरोडमा रहेको लुम्बिनी गेट नजिकै कागजमा बेरिएको बस्तु देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

शंकास्पद बस्तु फेला परेपछि कालीभक्ती गणबाट आएको सेनाको टोलीले उक्त बस्तु तारको माध्यमबाट डिस्पोज गरेको थियो । सो क्रममा कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।

उनले आज नेकपा बहुमतको नामको पार्टीले बन्द आव्हान गरेकोमा सोही क्रममा जनमानसमा त्रास फैलाउने उद्देश्यले राखे पनि सो बस्तु बम नभएको बताए ।

“सानो क्यानको डब्बालाई कागज र कालो टेपले बेरेर राखिएको रहेछ”- चन्दले भने “सावधानीको लागि सेनाको टोलीले डिस्पोज गरेपनि सो बस्तु बम थिएन ।”

उनले नेकपा बहुमतको बन्दले यस क्षेत्रमा कुनै असर नगर्ने बताउदै ढुक्कसंग आफ्ना नियमित काम गर्न पनि आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?