Butwal Today

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य हुँदै

२९ माघ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन आउँदो फागुन १ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले सभाको अधिवेशनको अन्त्य गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सभाको १९औँ अधिवेशन यही माघ ४ गतेदेखि चालु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?