ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

बर्दघाटले माग्यो चार अर्ब साढे नौ करोडको योजना

२० पुष २०७९, बुधबार
२० पुष २०७९, बुधबार

नवलपरासी, २० पुस ।

जिल्लाको बर्दघाट नगरपालिकाले बर्दघाटको समग्र विकास र समृद्धिमा संघ र प्रदेश सरकारसँग विभिन्न योजनाका लागि ४ अर्ब ९ करोड ५० लाख बराबरको योजना माग गर्ने प्रस्ताव गरेको छ । संसदीय अभ्यास गर्दै साता दिनदेखि सुरु भएको बर्दघाट नगरसभामा प्रस्तुत गरिएको प्रस्तावहरुमा नगरसभामा छलफलका लागि नगरस्तरीय तथा १६ वटा वडाका गरी कुल ८२ वटा योजनाका लागि सो रकम माग गर्ने प्रस्ताव गरिएको हो ।

प्रस्तावमा उल्लेखित योजनामा विभिन्न १८ वटा योजना नगर स्तरीय योजनाका लागि एक अर्ब ४६ करोड ५० र बाँकी १६ वटा वडाको ६४ वटा योजनाका लागि ३ अर्ब ६३ करोड बराबरको योजना रहेका छन् । प्रदेश र संघ सरकारले ती योजनाहरुका लागि बजेट विनियोजन गरिदिए बर्दघाट नगरपालिका नेपालकै नमूना नगरपालिकाको रुपमा चिनाउन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । “अहिले विभिन्न वडाबाट माग गरी आएको यी योजनाहरु हुन्”–उनले भने, “नगरपालिकाको क्षमताले ती योजनाहरु सम्पन्न गर्न गाह्रो हुन्छ, त्यही भएर प्रदेश सरकार र संघ सरकारमा लेखी पठाउनका लागि अहिले नगरसभामा पेश गरिएका छन् ।”

नगरसभाले त्यसलाई थपघट पनि गर्न सक्छ । नगरसभाले पास गरेपछि ती योजनाहरु लुम्बिनी प्रदेश सरकार र संघीय सरकारमा पठाइने छ । “संसदीय अभ्यास गर्दै हाल बर्दघाट नगरपालिकामा नगरसभा सञ्चालनमा रहेको छ”, उनले भने, “यी योजना माथि पनि नगरसभा सदस्यहरुले अध्ययन गर्दै छन् ।”

उनका अनुसार कृषि, सडक, तटबन्ध, पूर्वाधार खोलानाला ब्यवस्थापन लगायतका योजनाहरु समेटिएका छन् । सबै योजना नगरपालिकाका लागि महत्वपूर्ण छन् । सम्बन्धित मन्त्रालयलाई पनि ती योजनाहरु उल्लेख गरी पठाइने छ । यसका लागि यस क्षेत्रका प्रतिनिधिसभा सदस्य (संघीय साँसद) र प्रदेश सभा सदस्य (साँसद) ले पनि आ–आफ्नो स्थानबाट पहल गरी योजना पार्नु पर्ने नगरबासीको अपेक्षा छ । “यसरी स्थानीय स्तरको विकासमा नगरपालिकाले सबै काम गरेर सम्भव हँुदैन्”, प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने, “यसमा संघीय साँसद र प्रदेश साँसदले पनि आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गरी यी योजनाका लागि आवश्यक बजेट विनियोजन गराउनमा लाग्ने हाम्रो विश्वास पनि छ । स्थानीय जनताले नै तिनै सरकारका लागि प्रतिनिधिलाई मतदान गरेर पठाएका हुन्छन् । तिनै सरकार मिलेर काम गरे मात्र समृद्ध पालिकाको रुपमा वर्दघाट नगरपालिका चिनाउन सकिन्छ ।”

नगर स्तरीय योजना १८ वटा मध्ये त्रिवेणी सडक ४ लैन (टिसिएन चोक देखि नारायणचोकसम्म) का लागि ८ कारोड, सँसारकोट दुम्किबास जाने सडक ६० करोड, खजुरी खोला तटबन्धन ६ करोड, भुताहा खोला ४ करोड, अलावल खोला ४ करोड, विसया खोला ५ करोड, प्राचिन कोलिय गणराज्य अन्तर्गतको प्राचिन हल्लिदावसन नगर (बुद्धमंगल ताल क्षेत्र) सौन्र्यीकरणका लागि ६ करोड, बनदेवी आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ६ करोड, सहिद पार्कका लागि ३ करोड, मचौखोला देखि विहारी हँुदै चावचा सँसारकोट जाने बाटो ६ करोड, आमबास पोखरीछाप बाटो निर्माण ६ करोड, अल्हावल खोलामा विजयपुर गैडहवा जोड्ने पुल ६ करोड, मदहाखोलामा गैडहवापुर निर्माणका लागि ७ करोड, सिमसार ब्यवस्थापन १० करोड, वर्दघाट १ पञ्चनगर खानेपानीको लागि फिल्टरको ब्यवस्थापन डेढ करोड, क्रिकेट स्टेडियम निर्माण ५ करोड र हुलासी खोला लेबडामा तटबन्धन योजना एक करोडको रहेको छ ।

त्यसैगरी वडा स्तरीय योजनामा वडा नं.१ देखि १६ सम्म क्रमशः ३ वटा योजनाका लागि ४ करोड,२ वटा योजनाका लागि ४ करोड,३ वटा योजनाका लागि ९ करोड, ४ वटा योजनाका लागि साढे चार करोड, १० वटा योजनाका लागि साढे ८ करोड, ३ वटा योजनाका लागि ३३ करोड, ४ वटा योजनाका लागि १३ करोड, एक योजनाका लागि ९० करोड, २ योजनाका लागि १० करोड, ७ योजनाका लागि १४ करोड, ३ योजनाका लागि १३ करोड, ३ योजनाका लागि ७ करोड, ७ योजनाका लागि ७ करोड, ४ योजनाका लागि साढे ३ करोड, ४ योजनाका लागि १४ करोड, ५ योजनाका लागि साढे ५ करोड र ४ योजनाका लागि १९ करोड रकम माग गर्ने गरी योजनाहरु नगरसभामा प्रस्तुत गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?