ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा
सल्यान महोत्सव ठेक्कामा

जुवामा लुटिए सोझा नागरिक

२० पुष २०७९, बुधबार
२० पुष २०७९, बुधबार

सल्यान, १९ पुस ।

लघु घरेलु उद्योग, कृषि, पशु, पर्यटन र संस्कृती प्रवद्र्धनका लागि भन्दै सल्यानमा सञ्चालन गरिएको महोत्सव विक्री भएको आरोप लागेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानको आयोजनामा जारी महोत्सव विवादित बन्दै गएको हो । आयोजकले अरु नै व्यक्तिलाई महोत्सव ठेक्कामा दिएर विक्रि गरेको स्थानीयहरुले आरोप लगाएका छन् । आयोजकले समेत स्टल निर्माण, महोत्सवको सामग्री व्यवस्थापन देखी कलाकार सम्मको जिम्मा अरुलाई नै दिइएको स्वीकार गरेको छ । महासंघका जिल्ला उपाध्यक्ष सुमननाथ योगीले भने, ‘सामान देखि कलाकार उपलब्ध गराउने छुट्टै व्यक्ति छन् । उनीहरुले नेपाल अधिराज्यभर कलाकार लैजान्छन् । कलाकारलाई पैसा दिन्छन्, दिन्नन् त्यो हामीलाई थाहा छैन ।’

जिल्लाको कृषि, लघु उत्पादन प्रवद्र्धन र कला संस्कृति संरक्षण भनेर नारा बनाउने तर महोत्सवलाई ठेक्कामा विक्री गरेर लाखौं रकम कमाउने धन्दा जिल्लाको लागि गैर जिम्मेवारीपन भएको उद्योगीहरुको गुनासो छ ।

महोत्सवमा जुवा खेलाइएको, स्थानीय कलाकारहरुलाई बेवास्ता गरिएको, कलाकारलाई थाहा नै नदिएर उनीहरुको नाम प्रचार प्रसार गरिएको पाइएको हो । सल्यान जिल्लामा जन्मिएर, हुर्किएर लोक कला संस्कृतीमा निरन्तर लागिरहेका वरिष्ठ लोक दोहोरी गायक तथा बाध्यवादक खर्क बहादुर बुढाको समेत नाम बेचेर आयोजकले कलाकारको अपमान गरेको पाइएको छ । वरिष्ठ गायक बुढाले भने, ‘मलाई आजको दिनसम्म कसैले पनि कार्यक्रममा आउनुपर्याे भनेको छैन । आयोजक मध्येका कुनै व्यक्तिले हेलो समेत भनेको छैन । तर मेरो फोटो र नाम प्रचारप्रसार गरेका छन् भन्ने अरु नै व्यक्तिबाट थाहा पाएँं । निकै दुःख लागेको छ ।’ पर्चा पम्प्क्ष्लेटमा नाम राख्दा समेत उनलाई जानकारी गराइएको थिएन । देश विदेशमा ख्याती कमाइसकेका सल्यानी गायक भागिरथ चलाउने लगायत जिल्लाका दर्जनौ कलाकारहरुलाई महोत्सव आयोजकले बेवास्ता गरेको हो ।

आयोजक संस्था घरेलु तथा साना उद्योग महासंघ सल्यानका अध्यक्ष तथा बागचौर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम डाँगीले आफूहरुले स्टल निर्माण गर्दा बढी नै खर्च लाग्ने भएकाले अरुलाई जिम्मा दिइएको स्वीकार गरे । कलाकारहरुले पनि आफुहरुसँंग धेरै पैसा माग्ने भएकाले उनीहरुलाई ल्याउने जिम्मा पनि अरुलाई नै दिइएको उनले बताए । ‘कलाकारहरुको विषय बुझ्नै सकिएन । यहाँका कलाकार हामीले भन्दा १५ हजार माग्छन्, तर उनीहरुले भन्दा पाँच हजारमै आउँदो रहेछन् । त्यसैले यो जिम्मा अरुलाई दिइएको छ । अरु विभिन्न समितिहरु त हाम्रै छ’, उनले भने । तथापि आयोजकले बनाएका समिति जिम्मेवारीविहिन जस्तै छन् । महोत्सवमा जुवा खेलाइएको, कलाकारहरुको नाम प्रचार गरेर नबोलाइएको विषयमा आफुलाई पनि कुरा आएको बताउँदै अध्यक्ष डाँगीले यसलाई सच्याउने बताए ।

गाउँबाट आएका सोझा नागरिकहरुलाई विभिन्न खेल खेलाएर हजारौं रकम लुट्ने काम भएकोप्रति स्थानीयहरु आक्रोशित देखिएका छन् । सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकी पनि सल्यानमा जारी महोत्सव उद्देश्य भन्दा वाहिर गएको र यसको प्रभाव नकारात्मक रहेको बताए । ‘यो महोत्सव ठेक्कामा दिइएको छ । कतिमा ठेक्का दिइयो भन्ने कुरा केही दिनमा आउला । तर जिल्लाको रकम सबै वाहिर जानु, वाहिरका मानिसहरुको नियन्त्रणमा हुनु चिन्ताजनक अवस्था हो । महोत्सवमा जुवा खेलाउनु आपत्तिजनक छ,’ उनले भने । यस विषयमा आफुले स्थानीय प्रशासन, शारदा नगरपालिका लगायतका सरोकारवालालाई जानकारी गराएर नियन्त्रणका लागि अनुरोध गरेको समेत अध्यक्ष बुढाथोकीले बताए ।

उद्योग वाणिज्य संघको यसअघिको नेतृत्वले सल्यानमा सञ्चालन गरेको महोत्सव पनि विवादित भएको थियो । महोत्सव ठेक्कामा लगाउने प्रचलनलाई रोक्नका लागि आफुहरुले महोत्सव नलगाएको बताए । घरेलु महासंघले उद्योग वाणिज्य संघसँंग कुनै पनि समन्वय नगरेर महोत्सवको तयारी गर्नेबेला नै आफुहरुले आपत्ति जनाउँदै प्रशासन, स्थानीय सरकार, वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको पनि उनले जानकारी गराए । ‘हामीले ध्यानाकर्षण संगै महोत्सवमा जिल्ला भित्रका व्यवसायीहरुलाई ६५ प्रतिशत स्टल उपलब्ध गराउनुपर्ने, यहाँका उद्योगी, व्यवसायीलाई स्टल भाडामा ५० प्रतिशत छुट हुनुपर्ने माग गरेका थियौँ । त्यो केही पनि आयोजकले पालना गरेन,’ बुढाथोकीले भने । सल्यानको श्रीनगरमा जारी महोत्सव यही पुस २३ गते सम्म सञ्चालन हुने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?