© 2026
‘राम्रो इन्टरनेटका लागि सहकार्य’ भन्ने नाराका साथ विश्व भरी आज विश्व सुरक्षित इन्टरनेट दिवस मनाईदैछ ।
त्यसो त यो दिवस हरेक वर्ष मनाउने गरिएको छ । विश्व इन्टरनेट सञ्जालमा जोडिएको छ । जसरी मानिसलाई बाँच्नका लागि हावा आवश्यक हुन्छ, त्यसै गरी जीवन चलाउन इन्टरनेटको खाँचो छ । इन्टरनेट विनाको जीवन अन्धकार हुन्छ ।
विश्व २१ औँ शताब्दीमा घुम्दै गर्दा इन्टरनेटको सञ्जाल बढ्दो छ । इन्टरनेटले जीवन पनि दिएको छ र जीवन समाप्त पनि गरेको छ । यसको सही प्रयोगले जीवनलाई सुमधुर र समुन्नत बनाउन सकिएको छ । यसको दुरुपयोगले जीवन तहसनहस पनि भएको छ ।
तसर्थ जीवनलाई सुरक्षित बनाउने हो भने इन्टरनेटको प्रयोग सही तरिकाले गर्नुपर्दछ भने बर्बाद बनाउने हो भने यसका नराम्रा कुरा बाहिर ल्याउँदा हुन्छ । प्रविधिलाई प्रयोग गर्न जान्ने हो भने बरदान हुन्छ । दुरुपयोग गर्ने हो भने विनाश निम्त्याउँछ । इन्टरनेटको विशेषता यही हो ।
अबको दिनमा इन्टरनेटको प्रयोग र दुरुपयोगका विषयमा बहस गर्नेभन्दा पनि प्रविधिलाई प्रयोग गर्ने सन्दर्भमा अबको दिनमा ध्यान दिनु जरुरी छ । नेपालमा पनि इन्टरनेट दुरुपयोग गर्दा सिर्जना भएका घटनाले ठूलो चुनौति निम्तिएको छ ।
इन्टरनेटकै कारण हजारौँ नागरिकले असुरक्षित जीवन बिताउनु परिरहेको छ । इन्टरनेटलाई सदुपयोग गर्न नसक्दा नेपालकै कुरा गर्ने हो भने पनि कैयौँको घरबार बिग्रिएको अवस्था छ । पारिवारिक सम्वन्ध मात्र होइन, अपराध, हिंसा, बिचलन र मानसिक चिन्ता बढाउने काम इन्टरेनटकै माध्यमबाट भैरहेको छ । इन्टरेनटलाई सदुपयोग गर्ने हो भने यो बरदान हो ।
यसको सही प्रयोगले यही प्रमाणित भएको छ तर, दुरुपयोग गर्दाको परिणाम के हुन्छ भन्ने कुरा नेपालले राम्रैसंग भोगिरहेको अवस्था छ । तसर्थ इन्टरनेट मानव जीवनका लागि श्वास प्रश्वास जत्तिकै आवश्यक छ तर यसलाई दुरुपयोग गरेको अवस्थामा यसले पु¥याउने हानीको कल्पना समेत गरेर सकिदैन ।
आज २३ औँ सुरक्षित इन्टरनेट दिवस मनाउँदै गर्दा यस वर्षको नाराले इण्टरनेटलाई उत्कृष्ट बनाउन आह्वान गरिएको छ । इन्टरनेटको प्रयोग पछिल्लोसमय बालबालिका र युवा युवतीले बढि गरिरहेको अवस्था छ । तसर्थ यसको प्रयोगबाट बालबालिका तथा युवा वर्ग बढी जोखिममा छन् ।
पछिल्लोसमय इन्टरेनटकै माध्यमबाट कसैको चरित्र हत्या गर्ने, खासगरी महिलाहरूलाई ब्ल्याकमेलिङ गरेर उनीहरूको जीवन तहसनहस बनाउने, नकारात्मक सूचना प्रवाह गरिदिने क्रम बढेकोले सवै सचेत बन्नु जरुरी छ ।
इन्टरनेटकै कारण नेपालमा थुप्रै परिवारको घरबार उजाडिएको अवस्था छ । तसर्थ अबको दिनमा इन्टरनेटलाई शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्नेतर्फ पैरवी गर्नु जरुरी छ ।
यो बिषयमा नेपाल सरकार, सम्बद्ध निकाय, अपराधका घटना नियन्त्रण गर्ने प्रहरी प्रशासनको यो बिषयमा ध्यान जानु जरुरी छ । अबको दिनमा इन्टरनेटको सुरक्षित प्रयोगको बिषयमा बालबालिका, युवा, अभिभावकहरू सवै सचेत र जिम्मेवार बन्नु जरुरी छ
। फेसबुक, टिकटक, युट्युब, ट्विटर, इन्स्टाग्राम तथा स्न्यापच्याट जस्ता माध्यम प्रयोग गर्नेको संख्या दिनानुदिन बढ्दो छ । तर यसलाई सदुपयोग गर्नेतर्फ ध्यान जानुपर्दछ । इन्टरनेटमा उपलब्ध यस्ता माध्यमले नयाँ पुस्तामा यतिसम्म जरो गाड्न सफल भएको छ कि यसलाई न उनीहरू छाड्न सक्छन् न त तोड्न नै । सामाजिक सञ्जाल वास्तवममा सवैका लागि आवश्यक र अपरिहार्य छ ।
यसको श्रोत भनेको इन्टरनेट नै हो । तसर्थ इन्टरनेटलाई सुरक्षित प्रयोग गर्नेदेखि दुरुपयोग हुन नदिनेतर्फ सतर्कता आवश्यक छ । यो दिवस मनाउँदै गर्दा नेपाल सरकारले पनि यसका राम्रा र नराम्रा कुराको बिषयमा सचेतनाका कार्यक्रम सञ्चालन गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।
प्रविधिको उपयोग र दुरुपयोग दुवै हुँदा मुलुकले ठूलो समस्या भोग्न परिरहेको अवस्थामा इन्टरनेटलाई सुरक्षित बनाउनेतर्फ हामी सवैको ध्यान जाओस् ।