Butwal Today

पाकिस्तानमा पोलियो विरोधी अभियानमा चार करोड ४० लाख बालकालकालाई खोप लगाइयो

२६ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ । 

पाकिस्तानमा सन् २०२६ को पहिलो राष्ट्रव्यापी पोलियो विरोधी अभियान सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ ।

अभियान अन्तरगत देशभरका चार करोड ४० लाख भन्दा बढी बालबालिकालाई खोप लगाइएको राष्ट्रिय आपत्कालीन अपरेसन सेन्टरले सोमबार जनाएको छ ।

आधिकारिक तथ्याङ्क अनुसार पूर्वी पन्जाब प्रान्तमा दुई करोड २९ लाख दक्षिणी सिन्धमा एक करोड पाँच लाख उत्तरपश्चिम खैबर पख्तुनख्वामा ७१ लाख ३० हजार र दक्षिणपश्चिम बलुचिस्तानमा २३ लाख ६० हजार भन्दा बढी बालबालिकाहरूलाई खोप लगाइएको थियो ।

यसै गरी अन्य क्षेत्रहरूमा सङ्घीय राजधानी इस्लामाबादमा चार लाख ५५ हजार भन्दा बढी, उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा करिब दुई लाख ६१ हजार र कश्मीरमा छ लाख ७३ हजार भन्दा बढी बालबालिकाहरूलाई खोप लगाइएको जनाइएको छ ।

स्वास्थ्य अधिकारीहरूले अभियानका सबै सहयोगीहरूलाई उनीहरूको सहयोग र सक्रिय सहभागिताका लागि धन्यवाद दिदै राष्ट्रव्यापी अभियान पोलियो उन्मूलनको प्रमुख कदम  भएको उल्लेख गरेका छन् ।

पछिल्लो समयमा विश्वका अन्य देशहरूमा पोलियो उन्मुलन भइसकेको भएता पनि पाकिस्तानमा अझै पोलियोको समस्या रहेको उल्लेख गर्दै अधिकारीहरूले दिगो उच्च–गुणस्तरीय अभियानहरू र सीमापार समन्वयले यसको उन्मूलन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।