Butwal Today

अब देशले जित्नुपर्छः लामिछाने

२६ माघ २०८२, सोमबार
अ+
अ-

भैरहवा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही क्षेत्र नं. ३ मा आयोजित जनसम्पर्क कार्यक्रममा मतदातालाई यसपटकको निर्वाचनलाई “देश जिताउने अवसर” का रूपमा लिन आग्रह गरेका छन् ।

उनले मतदाताले मनमै निर्णय गरिसकेको बताउँदै औपचारिक मतदान भने अझै बाँकी रहेको उल्लेख गरे ।

कार्यक्रममा लामिछानेले क्षेत्र नं. ३ का उम्मेदवार डा. लेखजंग थापालाई सक्षम र अब्बल उम्मेदवारका रूपमा प्रस्तुत गर्दै देश निर्माणका लागि यस्ता उम्मेदवार आवश्यक रहेको बताए ।

यसैगरी, समानुपातिकतर्फका उम्मेदवार ज्ञानु पौडेललाई निडर र योग्य प्रतिनिधि भएको उल्लेख गर्दै संसदमा पठाउन मतदातासँग आग्रह गरे ।

लामिछानेले विगतका निर्वाचनमा व्यक्ति र दल जिते पनि देशले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गर्दै यसपटक भ्रष्टाचारविरुद्ध स्पष्ट जनमत दिनुपर्ने धारणा राखे ।

उनले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पार्टीको चुनाव चिह्नमा मतदान गर्न आह्वान गरे । डा. थापालाई देशको उपचार गर्न सक्षम व्यक्तिका रूपमा चित्रित गर्दै उनले मतदाताको विश्वास नै परिवर्तनको आधार हुने बताए ।