Butwal Today

क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सफल पारौँ 

२५ माघ २०८२, आइतबार
अ+
अ-

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप देशै भरी एकैसाथ अभियानको रूपमा २०८२ माघ २५ गते अर्थात् आजदेखि फागुन १५ गतेसम्म सञ्चालन गर्न लागेको छ ।

लुम्बिनी प्रदेशमा माघ २५ देखि फागुन ४ गतेसम्म सञ्चालन हुँदैछ । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग अन्तरगत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सुचिकृत स्वास्थ्य संस्थाहरूबाट कक्षा ६ देखि कक्षा १० सम्म अध्यायन अध्यापन हुने बिद्यालयलाई खोप केन्द्रको रूपमा स्थापना गरी निशुल्क रूपमा राष्ट्रिय खोप अभियान सञ्चालन हुँदैंछ ।

महिलाहरूमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भबिस्यका कर्णधारको रूपमा रहेका बालिकाहरूलाई पूर्णरूपमा बचाउनको लागी हरेक बाबा आमादाजुभाई दिदिबहिनी र सम्पुर्ण स्वास्थ्यका सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

भनिन्छ नि “रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस” । ठिक त्उसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्वको साथ हेरिएको छ । त्यसकारणले गर्दा हरेक स्वास्थ्य संस्थाहरूबाट संचालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै संम्बेदनशिल र अनिबार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रूपमा हेरिएको छ । त्यसैले एच.पि.भी.खोप अभियान २०८२ माघ २५ गते देखि फागुन १५ गतेसम्मको महान अभियानमा सम्पूर्ण सरोकारवालाहरू सहभागी भई सफल बनाउनु हामी सबैको दायित्व र कर्तब्य हुनेछ ।

एच.पि.भी. एक प्रकारको भाईरस हो । यसलाई ह्युमन प्यापिलोमा भाईरस भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भी. हो । यो भाईरसको २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् ।

तिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छ । यसमध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन भन्ने कुरा बिभिन्न अध्ययनहरूले देखाएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाईन्छ ।

पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाईरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने बिभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ ।

एच.पि.भी.खोपको महत्व:
खोप निशुल्क पाईन्छ । खोप सुरक्षित छ । खोपले जीवन रक्षा गर्दछ । खोप ठूलो जनसमुहलाई सुरक्षित गर्ने साधन हो । अहिले एच.पि.भी. खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समाबेश गरी किशोरीहरूलाई दिदैं आईरहेको छ ।

त्यसैले यसको प्रभाबकारीता शतप्रतिसतसम्म रहेको बिभिन्न अध्ययनले देखाएको छ । कक्षा ६ मा अध्ययनरत सबै छात्राहरू र बिधालय नजाने १० बर्ष उमेर समूहका किशोरीहरूलाई र गत बर्ष एचपिभी अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालयबाहिर रहेका ११ देखि १४ बर्ष उमेरका किशोरीहरूलाई पनि मुख्यत विधालय केन्द्रित खोप केन्द्र बाट एच. पि.भी. खोप दिईदैं छ ।

पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अबस्थामा पु¥याउन नेपाल सरकारले सन् २०३० सम्म तिनवटा स्वास्थ्य सेवाका गन्तब्य निर्धारण गरेको छ । १० देखि १४ बर्ष उमेर भित्रका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने तथा ३० देखि ४९ बर्ष उमेरका महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परिक्षण (स्क्रिनिङ्ग) गर्ने तथा पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरूको उपचार गर्नेतर्फ ध्यान पु¥याउनु जरुरी छ ।

एच.पि.भी. खोप खभियान २०८२ देशै भरी एकैसाथ २०८२ माघ २५ गते देखि फागुन १५ गतेसम्म संचालनमा रहने भएतापनि बिभिन्न स्थानिय तह अनुसार मिति र समय फरक फरक हुने भएकाले आफ्नो पायक पर्ने टोलका बिद्यालयमा कहिले चल्दै छ भनेर स्वास्थ्यकर्मीहरू, सामुदायीक महिला स्वास्थ्य स्वयंसेविका, बिद्यालयका शिक्षक, जनप्रतिनिधी र अन्य सरोकारवालाहरूलाई सोधेर जानकारी लिऔं ।

अभियानमा कोही नछुटौं । अघिल्लो बर्ष कक्षा ६ देखि १० सम्मका छात्राहरू र बिद्यालय नजाने १० बर्षदेखि १४ बर्ष सम्मका किशोरीहरूलाई दिईएको एच.पि.भी. खोप अहिले भने कक्षा ६ मा अध्ययनरत सबै छात्राहरू र बिधालय नजाने १० बर्ष उमेर समूहका किशोरीहरूलाई र गतबर्ष एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा बिधालयबाहिर रहेका ११ देखि १४ बर्ष उमेरका किशोरीहरूलाई पनि मुख्यत बिद्यालय केन्द्रीत खोपकेन्द्र बाट एच. पि.भी. खोप दिईदैं छ । यो खोप एक मात्रा लगाए पुग्दछ ।

किशोरीहरू महिनावारी भएको बेलापनि यो खोप लगाउन मिल्दछ । यसले नियमित हुने महिनावारीलाई कुनै असर गर्दैन । खोप लगाउदैंमा महिनावारी छिटो शुरु हुने वा ढिला हुने केही हुदैन । त्यसैले एच.पि.भी. खोप अभियान चलेको बेलामा केही कारण देखाएर कोही नछुटौं ।