© 2026
गण्डकी ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापा पोखरा आएका छन् ।
सभापति थापालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, काँग्रेस कास्कीका सभापति किशोरदत्त बराललगायत पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट पार्टीको सभापतिमा निर्वाचित बनेपछि उनी पहिलो पटक पोखरा आएका हुन ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गरेको अवस्थामा आएका सभापति थापाले नेपाली काँग्रेस कास्कीको कार्यालयमा कार्यकर्ता भेटघाट एवम् उनको प्रमुख आतिथ्यतामा नेपाली प्रदेश समितिको बैठक बस्ने प्रदेश प्रचार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।
बैठकमा गण्डकी प्रदेशभित्रका पार्टीका तर्फबाट उम्मेदवार एवम् पार्टीका केन्द्रीय सदस्य सहभागी बन्ने उनले बताए । बैठकमा सभापति थापाले विशेष सम्बोधनसँगै निर्देशन दिने कार्यक्रमसमेत तय भएको उनले बताए ।
निर्वाचनलाई लक्षित गरी राजनीतिक दलका शीर्ष नेता पोखरा आउने क्रम सुरु भएको छ । रासस