© 2026
बर्दघाट १७ माघ ।
स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदहमा जारी यु- १७ जिल्ला स्तरीय अन्तर एकेडेमी क्रिकेट प्रतियोगिताको लिग चरणका खेल पुरा भएको छ । लिगको अन्तिम खेल न्यु होराइजन स्पोर्टस क्लब र तिलोत्तमा क्रिकेट क्लब बिच खेल भएको थियो ।
लिगको अन्तिम खेलमा तिलोत्तमा क्रिकेट क्लबलाई ४२ रनको अन्तरले पराजित गर्दै तिलोत्तमा अन्तिम ४ मा पुगेको छ । शनिवार सम्पन्न खेलमा टस जिती ब्याटिङ रोजेको तिलोत्तमाले ३६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय २९ रनको झिनो योगफल खडा गरेको थियो । उसका लागि सन्दीप यादवले ५१ रन र अशुतोष पाण्डेले ३० रन बनाए । न्यु होराइजनका प्रिन्स पालले ३ तथा अमृत अर्याल, रिजन बुढाथोकी, आरिफ खानले समान २—२ विकेट लिएका थिए ।
१ सय ३० रनको लक्ष्य पच्छाएको न्यु होराइजन मात्र १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ८७ रनमा समेटियो । उसका लागि सङ्गम पाण्डेय ले ३१ रनको योगदान बाहेक अन्यको प्रदर्शन फितलो रह्यो । न्यु होराइजनलाई सस्तैमा समेटने क्रममा तिलोत्तमाका सागर भण्डारीले ८ दशमलव २ ओभरमा २ मेडन ओभर सहित मात्र २४ रन खर्चेर ७ विकेट लिएका थिए । यस्तै आशुतोष पाण्डेले २ र लक्ष्मण कुमालले १ विकेट लिएका थिए ।
उत्कृष्ट बलिङ गरेका सागर भण्डारी म्यान अफ दि म्याच घोषित भएका थिए । लिग समीकरण पुरा भएसँगै देवदह क्रिकेट क्लब, वेष्टन क्रिकेट एकेडेमी, तिलोत्तमा क्रिकेट एकेडेमी र आयोजक स्टार क्रिकेट एकेडेमीले अन्तिम ४ मा स्थान बनाएका हुन ।