© 2026
बर्दघाट। रुपन्देहीको देवदहमा जारी यु-१७ जिल्ला स्तरिय अन्तर एकेडेमी क्रिकेट प्रतियोगिताअन्तरगत शुक्रबारको खेलमा देवदह क्रिकेट एकेडेमी विजयी भएको छ ।
स्टार क्रिकेट एकेडेमी भैरहवालाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै देवदह विजयी भएको हो। टस जितेर पहिले ब्याटिङ गरेको देवदहले सुप्रिम सुनारको ९० रनको योगदानमा २ सय ६० रनको विशाल स्कोर खडा गरेको थियो । सुरज खड्काले ७७ र रोहित कुँवरले २६ रनको पारी खेलेका थिए ।
स्टारका लागि लेक बहादुर वि.सि ले ३ विकेट लिए भने मोहन कुर्मीले एक ब्याटरलाई पवेलियनको बाटो देखाएका थिए । २ सय ६५ रनको लक्ष्य पच्छ्याएको स्टारले निकै कमजोर सुरुवात गर्यो ।
पहिलो ओभरमै ३ विकेट गुमाएको स्टार १९.१ ओभर खेल्दै सबै विकेट गुमाएर ६९ रनमा समेटिएको थियो । स्टारलाई सस्तैमा समेट्न देवदहका शशिधर टण्डनले ३ ओभरमा ११ रन खर्चेर ५ विकेट लिए। देवदहका सुगमले ४ ओभरमा ६ रन खर्चेर २ विकेट लिएका थिए। स्टारका लागि निशान भुसालले १३ रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोडन सकेनन्।
उत्कृष्ट प्रदर्शन गरेका देवदहका शशिधर टण्डन म्यान अफ दि म्याच घोषित भएका थिए । प्रतियोगिता स्टार क्रिकेट एकेडेमीको आयोजनामा सञ्चालन भइरहेको छ।