Butwal Today

बुटवलमा लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

१५ माघ २०८२, बिहीबार
अ+
अ-

बुटवल ।

लाफा समूह बुटवलले आयोजना गरेको तेस्रो बुटवल मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८२ सुरु भएको छ । ४ बिधामा आयोजित प्रतियोगितामा प्रदेश खुल्ला, प्रदेश सी लेबल, प्रदेश भेटान्स ४५ र प्रदेश सुपर भेटान्स ५५ आयोजना गरेको छ ।

बुटवल उपमहानगरपालिकाको सहकार्यमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा खुल्लामा १६ टिम, प्रदेश सी तर्फ ७६ टिमको सहभागिता रहेको छ भने प्रदेश भेटान्स तर्फ २७ टिम र प्रदेश सुपर भेटान्स तर्फ ८ टिमको सहभागिता रहेको छ ।

लाफा कवड हल बुटवल सुखानगरमा आयोजित प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुने लाफा समूहका अध्यक्ष बविन थापाले बताए  । प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेले ५५ हजार, कप ,मेडल तथा प्रमाण पत्र पाउने छन् भने दोस्रो हुनेले ३५ हजार, कप, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै, तेस्रो हुने २ टिमले नगद १० /१० हजार, कप, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

त्यस्तै प्रदेश सी तर्फको प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, कप, मेडल तथा प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेले २५ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्ने छन् । तेस्रो हुने २ टिमले नगद ७ हजार ५ सय, कप, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

भेटान्स ४५ तर्फ प्रथम हुनेले ३५ हजार, कप, मेडल तथा प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेले २५ हजार, कप, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै,तेस्रो हुने २ टिमले नगद ७ हजार ५ सय, कप, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

त्यस्तै सुपर भेटान्स ५५ तर्फ प्रथम हुनेले २० हजार, कप, मेडल तथा प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेले १० हजार, कप, मेडल पाउने छन् भने तेस्रो हुने २ टिमले ५ ५ हजार हात पार्ने लाफा समूहका सचिव टिप रानाले बताए ।

प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, दाङ, अर्घाखाँचीका खेलाडीले भाग लिएका छन् ।