Butwal Today

इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौँ अझै बेपत्ता

१४ माघ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै  अझै दर्जनौँ बेपत्ता रहेको अधिकारीहरूले बुधबार जनाएका छन् ।

भारी वर्षाका कारण आएको पहिरोका कारण दर्जनौँ घरहरू गम्भीर रूपमा क्षतिग्रस्त बनाउनुका साथै सयौँ विस्थापित भएको जनाइएको छ ।

मङ्गलबार साँझ ७ः३० बजे सम्म, ३४ जना पीडितको पहिचान गरिएको  राष्ट्रिय प्रकोप शमन एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले पुष्टि गरेका छन् ।

“पहिचान गरिएका शवहरू दाहसंस्कारका लागि पीडितका परिवारलाई छिटै हस्तान्तरण गरिने उनले बताएका छन्  ।

यस अघि बेपत्ता व्यक्तिहरूको सङ्ख्या ३२ पुगेको जनाइएकोमा संशोधन गरिएको जनाउँदै स्थानीय अधिकारीहरूले वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने सङ्केत गरेका छन् ।

उद्धारकर्ताहरूले जाभा टापुको पश्चिम बान्दुङ क्षेत्रको अस्थिर क्षेत्रमा भारी उपकरणहरू प्रयोग गरेर खोजी गरिरहेको जनाइएको छ ।

यद्देपी खराब मौसमका कारण अर्को पहिरोको डरले तिनीहरू सावधानीपूर्वक काम गरिरहेको जनाइएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार यस प्रकोपले ५० भन्दा बढी घरहरूलाई गम्भीर क्षति पुर्‍याएको छ भने ६५० भन्दा बढी मानिस विस्थापित भएका छन् ।

पश्चिम जाभाका गभर्नर डेडी मुल्यादीले प्रभावित बासिन्दाहरूलाई स्थानान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत वर्षको अन्त्यमा सुमात्रा टापुमा गएको बाढी र पहिरोमा वनको क्षति हुदाँ करिब  एक हजार २०० मानिसहरूको मृत्यु हुनुका साथै  दुई लाख ४० हजार  भन्दा बढी विस्थापित भएको सरकारले जनाएको छ ।

यस्ता प्रकोपहरू वर्षाको मौसममा विशाल इन्डोनेसियाली द्वीप समूहमा सामान्यतया अक्टोबरदेखि मार्चसम्म बारम्बार चलिरहने बताइएको छ ।