Butwal Today

बैंकहरूले गरे उम्मेदवारको लागि छुट्टै खाता खोल्न पाइने व्यवस्था

१२ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारको नयाँ बैंक खाताको व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले गत शुक्रबार राष्ट्र बैंकलाई पत्राचार गरेसँगै केन्द्रीय बैंकले सोमबार सर्कुलर जारी गरेको हो । यससँगै बैंक तथा वित्तीय संस्थाहरूले उम्मेदवारका लागि छुट्टै खाता खोल्न सक्ने बाटो खुलेको छ ।

राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा प्रदेश निर्वाचन कार्यलय वा जिल्ला निर्वाचन कार्यलयको सिफारिसमा आम निर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी–खर्च कारोबार गर्नसक्ने गरी प्रत्येक राजनीतिक दल, दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार र स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोल्ने व्यवस्था गर्न भनिएको छ ।

सर्कुलरअनुसार उम्मेदवारले आफ्नै खाता रहेको बैंकमा पनि अर्को खाता खोल्न पाउनेछन् । यस खाता निर्वाचन आयोगले बन्द गर्ने निर्णय नगरेसम्म सञ्चालनमा रहनेछ ।