Butwal Today

बालेन शाहलाई हेर्न नेपालगञ्जमा समर्थकको घुइँचो

१२ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सोमबार चुनावी प्रचारप्रसारका लागि नेपालगञ्ज पुगेका छन् ।

सुदूरपश्चिम दौडाहका लागि नेपालगञ्ज पुगेका शाहलाई विमानस्थलमा समर्थकहरूले स्वागत गरेका छन् । यसअघि उनी झापासहितका पूर्वी जिल्लाहरूमा चुनावी प्रचारमा रहेका थिए ।

रास्वपाका वरिष्ठ नेता शाह आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् । उनी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका हुन् ।

यसका लागि उनले काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएका थिए । झापामा भने बालेनकी पत्नी सविना काफ्ले मतदातासँग भेटघाट गरिरहेकी छन् ।