Butwal Today

चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सुनुवाइ सकियो

११ माघ २०८२, आइतबार
अ+
अ-

काठमाडौँ

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सुनुवाइ पूर्ण भएको छ ।

चौधरीको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइ सकिएको हो ।

चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन् । निर्वाचन आयोगले उनलाई उम्मेदवार बनाउने अनुमति दिन अस्वीकार गरेको कारण भने टीकापुर हत्याकाण्डका तीन तहको अदालतबाट कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्नु थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो ।