© 2026
काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन् ।
आज आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता नियुक्त गरेको हो । त्यसैगरी, दलको मुख्य सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ ।
दलको नेता नारायणकाजी श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्नका लागि राजीनामा दिएपछि भुसाललाई नेतृत्वको जिम्मेवारी सुम्पिएको नेकपाले जनाएको छ ।