© 2026
काठमाडौँ ।
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ ।
राष्ट्रपति इमानुएल म्याक्रोँनले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धता दोहोर्याएका छन् ।
एक टेलिभिजनमार्फत् प्रसारण गरिएको भिडियो सन्देशमा उनले यो प्रतिबन्ध आगामी शैक्षिक सत्र (सेप्टेम्बर) को सुरुदेखि लागू गर्न चाहेको बताए । हाल फ्रान्सका सांसदहरूले यस्तो प्रतिबन्धसम्बन्धी विधेयकमाथि बहस गरिरहेका छन् ।
इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता लोकप्रिय तथा लत लाग्ने प्लेटफर्महरूमा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रतिबन्ध लगाउने निर्णय गर्दै अस्ट्रेलिया गएको महिना यस्तो व्यवस्था लागू गर्ने पहिलो देश बनेको थियो ।