© 2026
काठमाडौँ ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षामन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् ।
शुक्रबार पुनले निर्वाचन अधिकृतको कार्यालय पुगेर त्रिभुज चुनाव चिह्न रोजेका हुन् । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई सामान्यतया रोजेकै चुनाव चिह्न दिने गरेको छ ।
उनले म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । म्याग्दीमा एउटै निर्वाचन क्षेत्र रहेको छ ।
निर्वाचन आयोगले शुक्रबार प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको थियो । आयोगले दिउँसोसम्म उम्मेदवारी फिर्ता लिन समय तोकेको थियो र त्यसपछि मात्र चुनाव चिह्न वितरण गरिएको हो ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि देशभर ६८ वटा राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४३० उम्मेदवार रहेका छन् ।