Butwal Today

अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु

८ माघ २०८२, बिहीबार
अ+
अ-

अस्ट्रेलिया ।

 अस्ट्रेलियामा दुई महिनापछि फेरि गोली चल्दा ३ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार बिहीबार साँझ न्यु साउथ वेल्सको लेक कार्गेलिगो सहरमा गोली चलेको थियो । घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको बीबीसीले प्रहरीलाई उद्धृत गर्दै जनाएको छ ।

गोली लागेर गम्भीर एक जनालाई अस्पताल भर्ना गरिएको छ । घटनापछि प्रहरीले मानिसहरूलाई त्यस क्षेत्रबाट टाढा रहन र स्थानीयलाई घरभित्रै बस्न सल्लाह दिएको छ ।

गत मंसिर २८ (डिसेम्बर १४) मा मात्र अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा गोली हानेर १५ जनाको हत्या गरिएको थियो ।