Butwal Today

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि ‘कल सेन्टर’ स्थापना गर्‍यो

७ माघ २०८२, बुधबार
अ+
अ-

 काठमाडौं ।

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले यसपटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ ।

आयोगको कार्यालय, कान्तिपथमा सञ्चालनमा आएको कल सेन्टरमार्फत मतदाता, नागरिक र सरोकारवालाहरूले निर्वाचनसम्बन्धी आफ्नो जिज्ञासा राख्न सक्नेछन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

कल सेन्टरमा ६ वटा डेस्क रहेका छन् र यो बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

मतदाता तथा सरोकारवालाले निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर सजिलै जानकारी प्राप्त गर्न सक्नेछन् । आयोगका अनुसार, एकैपटक १५ जनासम्मले फोन गर्दा पनि कल होल्डमा नपर्ने व्यवस्था गरिएको छ ।

यसले निर्वाचन प्रक्रियामा जनताको पहुँच र पारदर्शिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?