Butwal Today

पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ?

७ माघ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावका कारण तराई भूभागका केही स्थानमा तुवाँलो लागेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । यस्तै, कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति पनि तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने महाशाखाले जनाएको छ ।

साथै, कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?