© २०२३
प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारी आज साँझ ५ बजेसम्म २ हजार ६५५ जना उम्मेदवारले दर्ता गराएका छन् । यसमा महिलाको संख्या मात्र ३०३ छ भने पुरुष उम्मेदवारको संख्या २ हजार ३५२ रहेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गर्ने उम्मेदवारले मात्रै दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन् । कतिपय जिल्लामा रातिसम्म पनि उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् । समानुपातिकतर्फको मनोनयन पुस १३ र १४ गते सकिसकेको थियो भने प्रत्यक्षतर्फको मनोनयन आज भएको हो ।