© २०२३
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा भएका छन् ।
माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरी काफ्लेले जानकारी दिएका छन् ।
अनुसन्धान अधिकृतहरूले उनीसँग सार्वजनिक शान्ति विरुद्धको कसुरमा बयान लिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, “उहाँलाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्ने निर्णय गरिएको हो ।”
प्रसाईंले यसअघि नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको विषयमा सार्वजनिक अभिव्यक्ति दिएका थिए । आयोगले यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग चौथो पटक भेटेपछि दुर्गा प्रसाईंले फागुन १ देखि घोषणा गरेको आन्दोलन रोकेको जानकारी पनि उपलब्ध छ ।