Butwal Today

गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता

६ माघ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा–२ बाट प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप)का उम्मेदवार डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार उनी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

उनको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर रहेका छन् । चुनाव नलड्ने बताएका उनले आइतबार मात्रै चुनावमा उठ्ने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?